१४ आश्विन २०८१, सोमबार

माओवादी केन्द्रको गण्डकी प्रदेश अध्यक्षमा गुरुङ


गायत्री गुरुङ

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छन् । नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक समेत रहेकी गुरुङ चयन भएकी छन् ।

एक नेताका अनुसार अरु पदाधिकारी भने चुनिएका छैनन् । गुरुङ अखिल नेपाल महिला संघको केन्द्रीय सचिव समेत हुन् ।

पार्टीको पहिलो प्रदेश अधिवेशनले दिएको जिम्मेवारीलाई आगामी चुनावमा परिणाम देखिने गरी काम गर्ने गुरुङको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !