१३ बैशाख २०८१, बिहिबार

नेपाली कांग्रेसले छान्यो तीन मन्त्री, १ बजे सपथ


कांग्रेस

पोखरा । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएको छ । कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने भएको हो । शर्मा बाग्लुङ, श्रेष्ठ स्याङ्जा र विक तनहुँका सांसद हुन् ।

माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको थियो । नवनियुक्त मन्त्रीहरुले आजै १ बजे सपथ लिनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !