२२ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा


राजेन्द्र घिमिरे

काठमाडौं । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएपछि घिमिरेले राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !