६ जेष्ठ २०८१, आइतबार

साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले प्रेरणा देओस्ः मुख्यमन्त्री गुरुङ


पृथ्वीसुब्बा गुरुङ

पोखरा, २५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताउनुभएको छ । मुख्मन्त्री गुरुङले २६औँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना दिँदै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

बन्दाबन्दी हटे पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन उहाँले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९४ मा आदिवासी जनजातिका आधारभूत मानवाधिकार संरक्षण र संवद्र्धनका लागि विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मागलाई उठान गर्ने दिनका रूपमा प्रत्येक वर्ष अगष्ट ९ का दिन यस दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !