९ असार २०८१, आइतबार

सभ्य समाज निर्माणमा सबैको योगदान आवश्यक


Trilochan Bhatta

२० फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकृति विसङ्गति हटाउँदै सभ्यसमाज निर्माणमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले गरेको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ ।

महाशिवरात्रिका अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय धनगढीले आज यहाँ आयोजना गरेको शिवरात्रि महोत्सवमा मुख्यमन्त्री भट्टले सभ्य, अनुसाशित र विकृतिमुक्त समाज निर्माणमा सबैको योगदान आवश्यक रहेको बताउनुभयो ।

सुदूपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सभ्य समाजका लागि मानवले सकारात्मक सोच र चिन्तन राख्न जरुरी रहेको बताउनुभयो । सो विद्यालय धनगढीका सञ्चालिका हीरा दिदीले कूलत त्याग्न सके मानव जीवनमा सुख शान्ति प्राप्त हुने बताउनुभयो । समारोहमा समाजसेवी, नागरिक समाज, जनप्रतिनिधिको उपस्थिति रहेको थियो । यसअघि महोत्सवका क्रममा यहाँ आकर्षक रथ यात्रा निकालिएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !