१२ असार २०८१, बुधबार

प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन


Pradesh no. 7

२९ साउन, धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल गर्ने र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक २०७५ टेबुल गर्ने कार्यसूची थियो ।

बैठक स्थगन हुनुपर्ने कारण भने बुझ्न नसकिएको सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो । प्रदेशसभाको अर्को बैठक आगामी भदौ ६ गते दिउँसो १ बजेका लागि तोकिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !