काठमाडौं । जनता समाजवादी पार्टीले हेटौँडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धन तोडेर जसपा नेपालका तर्फबाट हेटौँडाको मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
हेटौँडामा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामाले मेयरमा र नेपाली काँग्रेसका राजेश बानियाँले उपमेयरमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।