१४ बैशाख २०८१, शुक्रबार

कहिँकतै सेटिङ छ भने त्यसलाई हामी खोजी हाल्छौं, कसैलाई छोड्दैनौं : मन्त्री दाहाल


घनश्याम दाहाल

काठमाडौं । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् ।

मन्त्री दाहालले बिहीबार बिहान ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री दाहालले कार्यालयका कर्मचारीको कहिँकतै सेटिङ छ भने त्यसलाई खोजी हाल्ने र कसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।

बिचौलियालाई भित्र पस्न नदिन र यदि त्यो पनि भएन भने पुलिस लगाएर भए पनि उनीहरुलाई समाउने मन्त्री दाहालले चेतावनी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !