१२ असार २०८१, बुधबार

बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)


वाग्मती प्रदेशसभा

मकवानपुर । बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले करिब एक महिनाको छलफल र अध्ययन पश्चात तयार पारेको सरकारको न्यूनतम कार्यक्रम बिहीबार सार्वजनिक गरिएको हो ।

न्यूनतम कार्यक्रम आजै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको छ । कार्यदलले कोभिड–१९ को महामारीबाट प्रदेशवासी नागरिकको जीवन रक्षा, संविधानको सर्वोच्चता, कानूनी राज्य जस्ता कार्यक्रम प्राथमिकतामा राखेको छ ।

त्यस्तैगरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार सञ्चालन गरिने, संघीयताको कार्यान्वयनका लागि प्रदेश सरकारका माध्यमबाट सशक्त पहल गरी संवैधानिक क्षेत्राधिकार बमोजिम प्रदेशका अधिकारको प्रयोग र स्थानीय तहका अधिकार हस्तान्तरण गर्ने जस्ता कार्यक्रम प्राथमिकतामा राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !