२३ भाद्र २०८१, आइतबार

राजमार्गमा सडक मर्मतको काम सुरु


सडकखण्ड

वाग्मती । आउदै गरेको दसैँलगायत चाडपर्वमा यात्रुलाई आवतजावतमा सहजता पु¥याउने उद्देश्यले तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भारको काम सुरु गरिएको छ ।

मकवानपुर, बारा र पर्सामा सडक मर्मतसम्भारको काम सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिनुभयो । बाराको धनसारदेखि पथलैयासम्म, मकवानपुरको हेटौँडा हुँदै लोथरसम्म र हेटौँडाको भैँसे हुँदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकका खाल्डाखुल्डी मर्मतसम्भारको काम अघि बढाइएको हो । सडक डिभिजन कार्यालय हेटौँडाको कार्य क्षेत्र मकवानपुर, बारा र पर्सा पर्दछ ।

सङ्घीय सरकारको करिब रु एक करोडको लागतमा सडक मर्मतको काम सुरु गरिएको सो कार्यालयले जनाएको छ । आगामी १० दिनभित्र सडक मर्मतको काम सकिने योजना रहेको कार्यालयका इञ्जिनीयर लोमश उपाध्यायले जानकारी दिनुभयो । साथै कार्यालयले अन्य सडक र पुल निमार्ण तथा मर्मतको कामसमेत जारी राखेको जनाएको छ ।

यसैबीच बारा र पर्सा गरी दुई जिल्लामा गत आव ०७७/०७८ मा आठ पक्की पुल निर्माण सम्पन्न भएका छन् । त्यसमध्ये बारामा चार र पर्सामा चार पुल निर्माण भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !