हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
स्रोतका अनुसार आज दिउँसो दुई बजे ९ जना मन्त्रीलाई शपथ खुवाउने तयारी छ । स्रोतका अनुसार ९ जना मध्ये पाँचजना मन्त्री र चार जना राज्यमन्त्रीलाई शपथ गराउन लागिएको हो ।
स्रोतका अनुसार मन्त्री बन्नेहरुमा विजय सुवेदी, प्रदीप कटुवाल, बद्री मनाली, जीवन खड्का, जुनेली श्रेष्ठ, रचना खड्का, शान्तिप्रसाद पौडेल, अजयकान्ति शाक्य र सरस्वति रहेका छन् ।