७ मंसिर २०८१, शुक्रबार

एमाले बाग्मती प्रदेश संसदीय दलकाे नेतामा अष्टलक्ष्मी शाक्य चयन


अष्टलक्ष्मी शाक्य

हेटौंडा । नेकपा एमाले बाग्मती प्रदेश संसदीय दलकाे नेतामा अष्टलक्ष्मी शाक्य सर्वसम्मतले चयन भएकी छन् । माधव नेपाल पक्षमा रहेकी शाक्य ओली समूहमा प्रवेश गरे लगत्तै संसदीय दलकाे नेतामा चयन भएकी हुन् ।

नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेपछि शाक्य एमालेमै फर्किएकी हुन् । उनी नेपाल समूहवाट बागमती प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा चले पनि तत्काल सरकारमा सहभागी नभएपछि बन्न सकेनन् ।

ओली सरकार हुँदा नै मुख्यमन्त्री बन्ने चर्चामा रहेकी उनी अहिले एमालेमै फर्किएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !