१२ असार २०८१, बुधबार
मौसम

सुर्खेतमा मौसमी राडारको प्रयोग

३० कात्तिक, सुर्खेत । डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ । जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने ‘मौसमी राडार’ जडान गरेको हो ।