३ आश्विन २०८१, बिहीबार
मौसम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान खुल्यो : मौसम सुधार हुन समय लाग्ने

काठमाडौँ । प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ ।