पानीको सतह विगत तीनवर्ष यताकै उच्च विन्दुमा
३० साउन, पर्वत । विगत केहि दिनदेखि परेको निरन्तर वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह अत्यधिक बढेको छ । हिमालपारीको जिल्ला मुस्ताङ हुँदै म्याग्दी र पर्वत हुँदै बग्ने कालीगण्डकी नदीमा बुधवार पानीको सतह विगत तीनवर्ष यता उच्च विन्दुमा पुगेको हो