देउवा पक्षद्वारा भोलि नै सर्वोच्च जाने निर्णय, पार्टी कार्यालय नछाड्ने
काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको