एकै गाउँमा ७३ ज्येष्ठ नागरिकलाई सम्मान
४ जेठ, पर्वत । पैयूँ गाउँपालिका–४ हुवासले स्थानीय ७३ जना वृद्धवृद्धालाई सम्मानित गरेको छ । वडा कार्यालयले बिहीबार ७८ वर्षदेखि १०६ वर्षसम्मका वृद्धवृद्धालाई सम्मानित गरेको हो । वडा कार्यालयको स्वीकृत कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो