ज्याला नपाएपछि घर जान मुस्किल : ‘रित्तो हात फर्कन सकिन’
काठमाडौँ, ७ वैशाख । आफूसँग काम गरिरहेका अधिकांश साथीभाइ धेरै दिन लगाएर पनि घर गइसके पनि दाङका कुलबहादुर बुढा भने जानुभएको छैन । उहाँजस्तै उपत्यकाका धेरै मजदुर खानको समस्या भएसँगै उपत्यका छाड्दा उहाँ समस्यै नभएर काठमाडौँ बस्नुभएको भने होइन ।