अनुदानमा धानको बीउ
सिन्धुली, २० वैशाख । सिन्धुलीको तीनपाटन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गर्ने भएको छ । भूगोल र माटो सुहाउँदो उन्नत जातको धानको बीउ वितरण गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले धानको बीउ वितरण गर्न लागिएको हो ।