७ साउन, काठमाडौं । विगतमा स्थानीय निकायमा दुई दशकसम्म जनप्रतिनिधि नहुँदा सर्वसाधारणले विकासको अनुभूति गर्न पाएनन् । त्यति बेला कर्मचारीतन्त्रले स्थानीय निकायको नेतृत्व गरेको थियो । दुई वर्ष यता भने स्थिति फेरिएको छ । स्थानीय तहले जनप्रतिनिधि पाएका छन् ।