डोटी बस दुर्घटना : मृतक ३ जनाको सनाखत, ३३ जना घाइते
डोटी, २८ साउन । पूर्वीचौँकी गाउँपालिका-१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ