नेपाल इञ्जिनीयरिङ कलेज विवाद : डिनको अध्यक्षतामा समिति बनाउन सिफारिश
६ माघ, काठमाडौँ । चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको मोडालिटी बनाउन पोखरा विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका डिनको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गर्न संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको कार्यदलले सिफारिश गरेको छ । कार्यदलले चाँगुनारायण नगरपालिका प्रमुख, शिक्षा, विज्ञान तथा प्रविधि