काभ्रेपलाञ्चोक । विपी राजमार्ग उपआयोजनाद्वारा सडकखण्डमा व्यवस्थित गरिएको आकस्मिक सूचना प्रणाली (इआइएस) प्रविधि छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । करिब छ वर्षअघि विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत प्रवेशस्थल धुलिखेलमा राखिएको डिजिटल सूचना बोर्डमा पनि उपआयोजनाले मौसमअनुसारको सूचना अद्यावधिक गर्न सकेको छैन