पोखरा आसपासका विपन्न परिवारलाई राहत
पोखरा, ३२ जेठ । पोखरा ‘नेपाल–युके फाउन्डेशन’ले विपन्न १०५ परिवारलाई राहत वितरण गरेको छ । ‘हेल्पिङ ह्याण्ड्स पोखरा’ नामक संस्थामार्फत पोखरा र आसपासका बगर, लामाचौर, दीप, अर्चलबोट, नयाँबजार, कसेरी सुकुम्बासी सिम्पानी, नयाँगल्लीलगायतका स्थानमा विपन्न परिवारलाई फाउन्डेशनले राहत वितरण गरेको हो