पोखरा । अन्तत: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । लामो रस्साकस्सीपछि उनले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् ।