१४ आश्विन २०८१, सोमबार
देश

बागमती प्रदेशको मुख्य न्याधिवक्तामा धादिङका श्रेष्ठ नियुक्त

हेटौँडा । धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्यन्याधिवक्तामा नियुक्त भएका छन् । आज उच्च अदालत पाटन ईजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनलाई शपथ गराएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई नियुक्त गरेका हुन्