२६ पुस २०८१, शुक्रबार
कोशी प्रदेश

निर्माणाधीन ट्याङ्कीको जग भासिएपछि खानेपानी आयोजना अलपत्र

खोटाङ । वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका दिक्तेलवासीको दुःख अझै टरेको छैन । पानी खोज्दै घण्टौं धाउनुपर्ने बाध्यता उस्तै छ । समग्र दिक्तेल क्षेत्रलाई खानेपानी पु¥याउन दुई वर्षअघि बृहत् खानेपानी आयोजना सुरु गरिएको थियो । तर, आयोजना पूरा हुनुको साटो