विराटनगर, १९ वैशाख । प्रदेश नं १ का जिल्ला अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) अपुग भएको छ । ती जिल्लाका मेडिकल सुपरीटेन्डेन्ट (मेसु)हरुले प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग बिहीबार साँझको भिडियो संवादमा उक्त समस्या अवगत गराएका हुन्