१४ आश्विन २०८१, सोमबार
सुदूरपश्चिम प्रदेश

३२ लाखको अवैध सामान बरामद

जानकी, बाँके । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो ।