२६ पुस २०८१, शुक्रबार

यी खानेकुरावाट महिनावारी रोकिने समय अघिपछि सर्न सक्छ


fast

एउटा नयाँ अध्ययनले महिलाहरूले तेलयुक्त माछा खानाले मेनोपजु भनिने महिनावारी रोकिने प्राकृतिक समय कैयौँ वर्षले पर सार्न सकिने र कार्वोहाइड्रेट-युक्त खानेकुराले त्यो अवधिलाई अझै अघि ल्याउन सकिने देखाएको छ । युनिभर्सिटी अफ लिड्सले गरेको अनुसन्धानका क्रममा ब्रिटेनका १४ हजार महिलाहरूमाथि चार वर्ष लगाएर अध्ययन गरिएको थियो । सालमोन सहित विभिन्न प्रजातिका माछा नियमित खाने महिलाहरूको महिनावारी अन्त्य हुने उमेर तीन वर्ष भन्दा बढीसम्म रहेको उक्त अध्ययनका क्रममा पाइएको थियो । तर पास्ता र भात दैनिक खाने महिलाहरूमा झण्डै डेढ वर्ष अघि महिनावारी रोकिने उक्त अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरूले सर्वेक्षणमा सहभागी महिला समूहको महिनावारी रोकिने औसत उमेर ५१ वर्ष भएको उल्लेख गर्दै दैनिक तेलयुक्त माछा खाने महिलाहरूले त्यसलाई तीन वर्षसम्मले पछि धकेलेको उल्लेख गरेका छन् । उक्त अनुसन्धानकी लेखिका जेनेट केड भन्छिन । महिनावारी रोकिने समय र आहाराबीचको सम्बन्ध बारेको जानकारीले स्वास्थ्य समस्याको पारिवारिक इतिहास रहेका महिलाहरूलाई मद्दत गर्नेछ । चाँडै महिनावारी अन्त्य हुने महिलाहरूमा मुटु सम्बन्धी रोग तथा हड्डी कमजोर हुने समस्या देखिनसक्ने जनाइन्छ। बढी उमेरमा महिनावारी रोकिने महिलाहरूमा भने स्तन, गर्भासय र डिम्बासयको क्यान्सरको जोखिम बढी हुने ठानिन्छ । (बिबिसीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !