१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

अफगानिस्तानमा दश लडाकू मारिए

गार्डेज, १५ असार । अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी कम्तीमा दश जना तालिबान लडाकू मारिएका छन् । देशको पाक्तीया प्रान्तमा पर्ने गार्डासिरा जिल्लामा भएको हवाई कारबाहीमा परी उनीहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ता सर्दार वली तबासमले आइतबार जानकारी दिनुभयो ।