८ असार २०८१, शनिबार

आज २०७७ साल जेठ २५ गते आइतवारको राशिफल


आजको राशिफल

आज २०७७ साल जेठ २५ गते आइतवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।

बृष

आज झुटोबोल्न बाध्य भईनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वियोग र छटपटी बढ्नाले मन कमजोर रहला ।

मिथुन

प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट

आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ ।

सिंह

आज दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

कन्या

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ र नयाँ कार्यको थालनी होला ।

तुला

नयाँ कर्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

बृश्चिक

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

धनु

विशिष्ट व्यक्तिको साथ र सहयोग पाईनेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ ।

मकर

आज चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला अत: स्वास्थ्य प्रति सजकता अपनाउनु पर्नेछ ।

कुम्भ

रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मंगल कार्यको योजना बन्ने योगछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

मीन

अधुरो कामको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !