१२ असार २०८१, बुधबार

आज २०७७ साल बैशाख २८ गते आइतवारको राशिफल


आजको राशिफल

आज २०७७ साल बैशाख २८ गते आइतवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्य विग्रन सक्छ, सचेत रहनु होला ।

बृष

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मिथुन

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कर्कट

स्व ईच्छाको भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

सिंह

पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कन्या

आज रोकिएका र अधूरा कार्य पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला

आज प्रेमीको सहयोग पाईनेछ । नजिकको आफन्त र मित्रसँग प्रविधि मार्फत भेटघाट हुनेछ । साथै सफल नयाँ योजन पनि देखिन्छन् ।

बृश्चिक

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यहरू विस्तारै सहज हुनेछ ।

धनु

आज मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट गरेको कार्यमा वाधा आइपर्ला ।

मकर

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ ।

कुम्भ

आज शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन

लाभ, हानी, आय, व्यय, सुख, दु:ख वरावरी खालको समय छ । धार्मिक कार्यमा विशेष बढ्ने र सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । (स्रोत : हाम्रो पात्रो – https://www.hamropatro.com, ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७७ साल बैशाख २७ गते शनिवारको राशिफल

आज २०७७ साल बैशाख २६ गते शुक्रवारको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !