१२ असार २०८१, बुधबार

आज २०७७ साल बैशाख १९ गते शुक्रवारको राशिफल


आजको राशिफल

आज २०७७ साल बैशाख १९ गते शुक्रवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

बृष

आज धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

मिथुन

आज नयाँ कर्यको योजना या थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथपनि मिल्नेछ ।

कर्कट

सम्मान र प्रतिष्ठा प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

सिंह

आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

कन्या

आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

तुला

आज समाज र राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ ।

बृश्चिक

आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

धनु

आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ नमिल्ला । सामान हराउनपनि सक्छ ।

मकर

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मविश्वासपनि जाग्नेछ , तर व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ ।

कुम्भ

ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्व अध्ययन अध्यापनमा सफता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

मीन

आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनीपनि हुनेछ । (स्रोत : हाम्रो पात्रो – https://www.hamropatro.com, ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७७ साल बैशाख १८ गते बिहिवारको राशिफल

आज २०७७ साल बैशाख १७ गते बुधवारको राशिफल

आज २०७७ साल बैशाख १६ गते मंगलवारको राशिफल

आज २०७७ साल बैशाख १५ गते सोमवारको राशिफल

आज २०७७ साल बैशाख १४ गते आइतवारको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !