७ पुस २०८१, आइतबार

आज २०७७ साल बैशाख १६ गते मंगलवारको राशिफल


आजको राशिफल

आज २०७७ साल बैशाख १६ गते मंगलवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाब बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

बृष

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सन्तान सुख मिल्नेछ ।

मिथुन

धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

कर्कट

प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोवारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।

सिंह

आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

कन्या

शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

तुला

आज परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

बृश्चिक

मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

धनु

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

मकर

आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

कुम्भ

लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मीन

सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । घरायसी समस्या बढ्नेछ । (स्रोत : हाम्रो पात्रो – https://www.hamropatro.com, ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७७ साल बैशाख १५ गते सोमवारको राशिफल

आज २०७७ साल बैशाख १४ गते आइतवारको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !