१२ असार २०८१, बुधबार

आज २०७७ साल बैशाख १४ गते आइतवारको राशिफल


आजको राशिफल

आज २०७७ साल बैशाख १४ गते आइतवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

बृष

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन जानेछ ।

मिथुन

आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भयछ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।

कर्कट

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।

सिंह

आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या

आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला

मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । खानापिन प्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृश्चिक

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनको योगपनि रहेको छ ।

धनु

आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नतापनि छाउनेछ ।

मकर

आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोवारमा बिवादपनि आउला ।

मीन

घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्यपनि अघि बढ्नेछ । (स्रोत : हाम्रो पात्रो – https://www.hamropatro.com, ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७७ साल बैशाख १३ गते शनिवारको राशिफल

आज २०७७ साल बैशाख १२ गते शुक्रवारको राशिफल

आज २०७७ साल बैशाख ११ गते बिहिवारको राशिफल

आज २०७७ साल बैशाख १० गते बुधवारको राशिफल

आज २०७७ साल बैशाख ९ गते मंगलवारको राशिफल

आज २०७७ साल बैशाख ८ गते सोमवारको राशिफल

आज २०७७ साल बैशाख ७ गते आइतवारको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !