९ असार २०८१, आइतबार

आज २०७७ साल बैशाख १३ गते शनिवारको राशिफल


आजको राशिफल

आज २०७७ साल बैशाख १३ गते शनिवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्ला र शुभकार्यको चर्चा चल्नेछ ।

बृष

पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली विक्ने समय छ ।

मिथुन

आज कार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मालसामान हराउन सक्छ ।

कर्कट

नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबल पनि बढ्नेछ ।

सिंह

स्वादिष्ट भोजन पाईनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउ सकिनेछ । सामाजिक संस्थाबाट सहयोग मिल्नेछ ।

कन्या

नयाँ कामको योजना बन्नेछ । घरायसी कार्य अघी बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

तुला

अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।

बृश्चिक

कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

धनु

प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् तर साँझमा धन खर्च हुनेछ ।

मकर

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरायसी कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ

आज यात्राका योजना विफल हुनेछ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा सफलता मिलनसक्छ ।

मीन

आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । शुभकार्यको योजना बन्नेछ । (स्रोत : हाम्रो पात्रो – https://www.hamropatro.com, ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७७ साल बैशाख १२ गते शुक्रवारको राशिफल

आज २०७७ साल बैशाख ११ गते बिहिवारको राशिफल

आज २०७७ साल बैशाख १० गते बुधवारको राशिफल

आज २०७७ साल बैशाख ९ गते मंगलवारको राशिफल

आज २०७७ साल बैशाख ८ गते सोमवारको राशिफल

आज २०७७ साल बैशाख ७ गते आइतवारको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !