१२ असार २०८१, बुधबार

आज २०७६ साल चैत्र १४ गते शुक्रवारको राशिफल


आजको राशिफल

आज २०७६ साल चैत १४ गते शुक्रवार । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष (चु चे चो ला लि लु ले लो अ)

खर्चले मनमा चिन्ता बढ्नेछ । मित्रको सहयोगले रोकिएका काम पूरा हुनेछन् । यात्राको अवसर मिल्नेछ । शत्रु सबल हुनेछन् ।

बृष (इ उ ए ओ वा वी वु वे वो)

मित्रको सहयोग मिल्नेछ । अधुरा कार्य पूरा हुनेछन् । अध्यापनमा सुधार आउनेछ । समय अनुकूल बन्दै जानेछ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

स्वास्थ्यमा समस्या आउन सक्छ । राजनीतिक आक्षेप लाग्नेछ । आफन्तसँग मनमुटाव हुन सक्छ । प्रेममा सफलता मिल्नेछ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

आय आर्जनमा गतिरोध आउनेछ । राजनीतिमा सफलता प्राप्त हुनेछ । दैनिक कार्यमा प्रशंसा प्राप्त हुनेछ । अनावश्यक खर्च बढ्नेछ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक कार्यमा सफलता प्राप्त हुनेछ । टाढिएका आफन्तसँग भेट हुनेछ । निष्फल यात्रा हुनेछ ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

सामाजिक कार्यमा मन जानेछ । प्रतिष्ठा बढ्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । अरूको विश्वास जित्न सकिनेछ ।

तुला (र री रु रे रो ता ती तू ते)

अनपेक्षित धन प्राप्ति हुनेछ । बन्धुको सहयोगले मन प्रसन्न रहनेछ । रोजगारमा पदोन्नति वा स्थानान्तरणको योग छ ।

बृश्चिक (तो ना नी नू ने नो या यि यु)

कुरा काट्नेहरू सक्रिय हुनेछन् । पारिवारिक सम्बन्धमा खटपट हुनेछ । खर्चमा कमी आउनेछ । व्यर्थ चिन्ता बढ्नेछ ।

धनु (ये यो भ भि भु ध फा ढ भे)

उत्साह बढ्नेछ । दिनको उत्तराद्र्धमा मानसिक थकान बढ्नेछ । आफन्तसँगको भेटले मन प्रफुल्ल बन्नेछ । कान्ति क्षय हुनेछ ।

मकर (भो ज जि खि खु खे खो गा गि )

आयआर्जनमा सुधार आउनेछ । धातुसम्बन्धी व्यापारमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्रता बढ्नेछ ।

कुम्भ (गू गे गो सा सी सु से सो द)

खर्च वृद्धि हुनेछ । आफन्तसँगको भेटले मनमा उत्साह बढ्नेछ । विवाद बढ्न सक्छ । पराक्रम बढ्नेछ । श्री प्राप्ति हुनेछ ।

मीन (दि दू थ भ ञ दे दो चा ची)

धार्मिक कार्यमा समय बित्नेछ । परोपकारी र समाजसेवी कार्यमा खर्च बढ्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । बुद्धि बढ्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !