१४ बैशाख २०८२, आइतबार

२०८१ साल माघ १५ गते मंगलबार आजको दैनिक राशिफल


आजको राशिफल

२०८१ साल माघ १५ गते मंगलबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

नयाँ कार्य योजना तय होला । लामो समयदेखि रोकिएका कार्यहरु पुन: सुचारु रुपमा अघि बढ्लान् । कुनै थप जिम्मेवारी वहन गर्नुपर्ला ।

वृष

शारीरिक तथा मानसिक आलस्यता बढ्ला । अन्तिम अवस्थामा पुगेर काम बिग्रिने सम्भावना उच्च रहला । स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ला ।

मिथुन

कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ला । राज्यपक्षबाट राम्रो साथ सहयोग र हौसला प्राप्त होला । थालेका कार्यले यथोचित गति प्राप्त गर्लान् ।

कर्कट

विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइएला । घरमा नवीन रौनकता छाउला । प्रतिस्पर्धात्मक कार्यमा उत्कृष्टता प्रदर्शन गर्न सक्षम भइएला ।

सिंह

साथीभाइ इष्टमित्रबाट राम्रो साथ पाइएला । दैनिक नयाँ मूल्य कायम हुने वस्तुको लगानीले भने साथ नदेला । घरबाहिरको बसाइँमा अप्ठ्यारो महसुस होला ।

कन्या

अनावश्यक वादविवादमा महत्त्वपूर्ण समय खर्च होला । इच्छित खानाको उपभोगमा विघ्नबाधा खडा होलान् । परिश्रमको उचित मूल्याङ्कन नहोला ।

तुला

मठ, मन्दिर तथा धार्मिक क्षेत्रको यात्रा होला । सामाजिक कार्यमा रुचि बढ्ला । सम्पादित कार्यले उचित प्रतिफल देलान् ।

वृश्चिक

बोलीको उच्च सकारात्मक प्रभाव पर्ला । सत्कर्मको चर्चा यत्रतत्र फैलिएला । आर्थिक पक्ष भने कमजोर रहला ।

धनु

सभा, समारोह, गोष्ठी, तालिममा सहभागी हुने मौका मिल्ला । कुनै सिर्जनात्मक नयाँ कार्यको प्रारम्भ होला । सामाजिक इज्जत प्रतिष्ठामा नयाँ ईटा थपिएला ।

मकर

मनमा हीनताबोध तथा आत्मबल कमजोर महसुस होला । लगनशीलता पनि केही कमी आउला । मानसिक चिन्ता बढ्ला ।

कुम्भ

नाम र दाम दुवै आर्जन होला । कुनै शुभ समाचारको प्राप्ति होला । ठीक समयमा सही निर्णय लिन सक्षम भइएला ।

मीन

गरिरहेको भन्दा फरक वा बाहिरी कामबाट फाइदा होला । विपरीत लिङ्गी साथीको राम्रो सहयोग प्राप्त होला । पूर्व कार्य सम्पादन अनुभवले मनोबल उच्च रहला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !