२९ आश्विन २०८१, मंगलबार

२०८१ साल असोज २९ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज २९ गते मंगलबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आम्दानीका नयाँ स्रोत भेटिएलान् । आफन्तजनसँग भेटघाटले मन रमाउला । कुनै शुभ समाचारको प्राप्ति होला ।

वृष

कुनै नयाँ कामको प्रस्ताव आउला । पहिलेको सफलताले काम गर्न हौसला बढ्ला । स्वास्थ्यले राम्रो साथ देला ।

मिथुन

आश्वासन बाँड्नेहरुले नै झुक्याउन सक्लान् । पूर्व सम्झौता तोडिने स्थिति बन्ला । सामाजिक उत्तरदायित्व बढ्ला ।

कर्कट

वादविवादजन्य विषयमा प्रवेश नगरेकै श्रेयस्कर होला । पूरा हुनै लागेका कार्यलाई पनि पुनः दोहोर्‍याएर गर्नुपर्ला । स्वास्थ्यमा प्रतिकूलता देखापर्ला ।

सिंह

मनोरञ्जनात्मक कार्य तथा घुमफिरमा समय बित्ला । अतिथिका रुपमा मानसम्मान प्राप्त होला । मानसिक शान्ति मिल्ला ।

कन्या

परिश्रमको अनुपातमा राम्रो प्रतिफल हात पर्ला । दिगो फाइदाजनक कुनै कामको प्रारम्भ होला । प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला ।

तुला

नयाँ कार्यको सुरुवातमा लागि केही समय प्रतीक्षारत रहनु शुभ होला । बौद्धिक क्षेत्र फराकिलो बन्दै जाला । यात्राका क्रममा अनेकानेक विध्नबाधा सहनुपर्ने छ ।

वृश्चिक

परिस्थिति प्रायः प्रतिकूल बन्ला । अप्ठ्यारो कठिनाइमा साथ दिने आफन्तको अभाव महसुस होला । परिश्रमको उचित मूल्याङ्कन नहोला ।

धनु

उद्योग व्यापारमा मनग्य फाइदा होला । गरेका कार्यले सफलताको मार्ग लिन सफल होलान् । मनमा प्रसन्नताको बहार छाउला ।

मकर

अरुका विषयमा अनावश्यक चासो राख्दा आफू नै समस्यामा फसिने सम्भावना होला । आर्थिक समस्याको सामना गर्नुपर्ला । आँखामा कष्ट वा कुनै समस्या देखापर्ला ।

कुम्भ

लामो समयदेखि टाढिएका आफन्तजनसँग पुनर्मिलनको योग बन्ला । कुनै सिर्जनात्मक कार्यको प्रारम्भ होला । सभा समारोहमा सहभागी हुने अवसर जुट्ला ।

मीन

आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ला । मनोबलमा केही ह्रास आउनसक्ला । खर्चका बाटाहरु बढेर जालान् ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !