३० आश्विन २०८१, बुधबार

२०८१ साल असोज २३ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज २३ गते बुधबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

व्यापार व्यवसायमा असन्तुलनता देखापर्ला । आशा गरेको व्यक्ति वा स्थानबाटै निराश भइएला । नजिकैका आफन्तसँगै वैचारिक दुरी बढ्ला ।

वृष

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ला । मानसिक तथा शारीरिक आलस्यता बढ्ला । सम्पन्न हुनै लागेको काम अन्तिममा पुगेर बिग्रिएला ।

मिथुन

थालेका कार्यले सफलताको मार्ग पक्रिएलान् । मनमा शान्ति मुहारमा कान्ति छाउला । कला, साहित्य तथा गीत संगीतमा रुचि बढ्ला ।

कर्कट

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला । यत्रतत्र यश, कीर्ति, ख्याति फैलिएला । घरमा नवीन चहलपहल छाउला ।

सिंह

मनमा अशान्तिको कालो बादल मडारिएला । यात्राको क्रममा अनेकन विघ्न, बाधा, अप्ठ्याराको सामना गर्नुपर्ला । कुनै अनपेक्षित अशुभ समाचार समेत सुन्नुपर्ने हुनसक्ला ।

कन्या

मन चैते हुरी झैँ उड्ला । प्राय: हरेक कार्यमा बाधा अवरोध खडा होला । विवादजन्य विषयबाट टाढै रहनु उचित रहला ।

तुला

आरोग्यतामा वृद्धि आउला । मनमा प्रसन्नताको बहार छाउला । सहजै कार्यसिद्धिको शुभ फलदायी योग बन्ला ।

वृश्चिक

आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ला । आँखामा कुनै चोट लाग्ला वा समस्या देखापर्ला । असन्तोषरुपि अनल ज्वालामा मन प्रज्वलित होला ।

धनु

सामाजिक मान सम्मानमा वृद्धि आउला । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउला । कुनै सभा समारोहमा सहभागी हुने मौका मिल्ला ।

मकर

विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना रहला । नसोचेको ठाउँमा अनावश्यक खर्च बढेर जाला । लगनशीलतामा समेत केही कमी आउला ।

कुम्भ

आफन्तजन साथीभाइसँग रमाइलो भेटघाटको अवसर जुट्ला । मनमा प्रसन्नता छाउने कुनै सुखद् समाचारको आगमन होला । अनायासै आर्थिक लाभ वा उपहार प्राप्ति होला ।

मीन

स्वास्थ्यस्थिति प्राय: अनुकूल रहला । सोचेका कार्यलाई भने साकार रुप दिन कठिनाइ होला । विपरीत लिङ्गी साथीसङ्गीबाट भने साथ सहयोग प्राप्त होला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !