२ कार्तिक २०८१, शुक्रबार

२०८१ साल असोज २२ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज २२ गते मंगलबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

कार्यसम्पादनको जोस जाँगरमा न्यूनता आउला । अन्तिम अवस्थामा पुगेर कार्य बिग्रने सम्भावना उच्च रहला । स्वास्थ्यस्थिति प्रतिकूल रहला ।

वृष

आशा गरेको व्यक्ति वा स्थानबाट राम्रो साथ सहयोग प्राप्त होला । कला साहित्यका क्षेत्रमा अभिरुचि बढ्ला । मानसिक शान्ति मिल्ला ।

मिथुन

विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइएला । घरमा नवीन चहलपहल छाउला । गरेका कार्यमा आत्मसन्तुष्टि होला ।

कर्कट

आफन्तजन इष्टमित्रबाट राम्रो साथ सहयोग प्राप्त होला । शेयर, चिट्ठा जस्ता क्षेत्रमा गरेको लगानीले भने शुभ फल नदेला । मनमा अशान्तिको कालो बादल मडारिएला ।

सिंह

वादविवाद तथा झैझगडाको दलदलमा फसिएला । स्वअधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । इच्छित खानाको उपभोग विघ्नबाधा खडा होला ।

कन्या

सामाजिक कार्यको जिम्मेवारीमा सफलता मिल्ला । धार्मिक कार्यमा मन जाला । आरोग्यतामा वृद्धि आउला ।

तुला

बोलीको प्रभाव उच्च होला । शुभ कर्मको चर्चा यत्रतत्र चल्ला । लेनदेनमा भने नोक्सानी सहनुपर्ला ।

वृश्चिक

कुनै सभा समारोहमा सहभागी हुने मौका जुर्ला । नयाँ ज्ञान सीप सिक्ने अवसर जुट्ला । मानसम्मानमा वृद्धि आउला ।

धनु

आत्मविश्वासमा कमी तथा हीनताबोध महसुस होला । खर्चका बाटाहरु लम्बिएर जालान् । विश्वासपात्रबाटै घातअन्तर्घात होला ।

मकर

सही समयमा गरेको सही निर्णयले फाइदा देला । नाम र दाम कमाउने शुभ योग रहला । प्रियजनसँग मिलनको माहोल बन्ला ।

कुम्भ

विपरीत लिङ्गी व्यक्तिबाट साथ, सहयोग तथा हौसला प्राप्त होला । रोजगारीका नयाँ अवसर समेत जुट्लान् । पूर्व सफलताले हौसला बढ्ला ।

मीन

लामो समयदेखि रोकिएका कार्य सुचारु होलान् । नयाँ नयाँ योजनाहरु निर्माण हुनसक्छन् । सामाजिक दायित्व बढ्ला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !