२ कार्तिक २०८१, शुक्रबार

२०८१ साल असोज १८ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज १८ गते शुक्रबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

कला, साहित्य तथा सङ्गीतमा रूचि बढ्ला । राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त होला । घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत होला ।

वृष

प्रतियोगात्मक कार्यमा अपेक्षाकृत् प्रदर्शन गर्न सफल भइएला । आफूले गरेका कामबाट आत्मसन्तुष्टि प्राप्त होला । यत्रतत्र यश, कीर्ति फैलिएला ।

मिथुन

चिठ्ठा शेयरजस्ता क्षेत्रमा गरेको लगानीले लाभ नदेला । आफन्तजनबाट भने राम्रो साथ सहयोग प्राप्त होला । नयाँ कार्यारम्भका लागि केही समय प्रतीक्षारत रहनु नै श्रेयस्कर होला ।

कर्कट

वैचारिक मतभेदको दलदलमा फसिएला । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । परिश्रमको उचित मूल्याङ्कन हुन कठिन होला ।

सिंह

धर्मकर्ममा मन जाला । सामाजिक कार्यमा सफलता मिल्ला । उद्योगधन्दाबाट यथोचित मुनाफा होला ।

कन्या

बोलीको सकारात्मक प्रभाव बढ्ला । शुभकर्मको चर्चा यत्रतत्र चल्ला । बाह्य विषयको अनावश्यक चासोले भने झमेला आइलाग्ला ।

तुला

कुनै सभा समारोहमा सहभागी हुने मौका मिल्न सक्ला । नयाँ ज्ञानार्जनका बाटाहरु भेटिएलान् । कुनै रचनात्मक कार्यको प्रारम्भ होला ।

वृश्चिक

लगनशीलतामा कमी आउन सक्छ ।आफैलाई हीनताबोध महसुस होला । आर्थिक लाभ नै नहुने कामको जिम्मेवारी लिनुपर्ला ।

धनु

ठीक समयमा उचित निर्णय लिन सक्षम भइएला । नाम र दाम आर्जन होला । मनमा उत्साह र उमङ्ग छाउला ।

मकर

विपरीलिङ्गी साथीबाट राम्रो साथ सहयोग प्राप्त होला । धनआर्जनका नयाँ बाटाहरु भेटिएलान् । पहिलेको कार्य सफलताले हौसला बढ्ला ।

कुम्भ

लामो समयदेखि रोकिएका कार्यहरु सुचारू होलान् । नयाँ कार्ययोजना तय हुनसक्छ । वादविवादबाट भने बच्नु नै लाभदायक होला ।

मीन

शारीरिक तथा मानसिक आलस्यता बढ्नसक्छ । सम्पन्न हुनै लागेका कार्यहरु बिग्रिने उच्च सम्भावना रहला । न्यून उपलब्धि मै चित्त बुझाउनुपर्ने हुनसक्छ ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !