१७ आश्विन २०८१, बिहीबार

२०८१ साल असोज १७ गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज १७ गते बिहीबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला । शत्रु पक्षको शक्ति कमजोर हुँदै जाला । आफूले गरेका काममा आत्मसन्तुष्टि मिल्ला ।

वृष

यात्राको क्रममा विविध बिध्न बाधाहरुको सामाना गर्नुपर्ला । मनमा शङ्का, चिन्ता तथा अशान्तिले डेरा जमाउला । कुनै अशुभ समाचार सुन्नुपर्ला ।

मिथुन

मन प्राय: अस्थिर रहला । हरेक कार्यमा बाधा अवरोधको मुकाबिला गर्नुपर्ला । स्वजनसँगैको सम्बन्धमा दुरी उत्पन्न होला ।

कर्कट

आरोग्यतामा थप वृद्धि आउला । मनमा प्रसन्नताको बहार छाउला । गरेका कार्यले सार्थक रुप प्राप्त गर्लान् ।

सिंह

आर्थिक समस्याले सताउन सक्छ । मानसिक रुपमा असन्तोषको वातावरण सिर्जित होला । आँखामा कुनै समस्या देखिएला ।

कन्या

विशिष्ट व्यक्तिको साथ सहयोग प्राप्त होला । सामाजिक मान सम्मानमा वृद्धि आउला । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउला ।

तुला

आफन्तबाटै प्रतिपक्षीको भूमिमा खेलिन सक्ला । अनावश्यक ठाउँमा धननाश होला । आत्मविश्वासको कमी महसुस हुन सक्ला ।

वृश्चिक

अनायासै अर्थ, वस्त्र, उपहार लाभ होला । प्रिय आफन्तजनसँग भेटघाटको अवसर जुट्ला । मनमा उत्साह तथा उमङ्ग बढ्ला ।

धनु

आँटे ताकेका कार्य बीचैमा रोकिन सक्लान् । अनपेक्षित व्यक्तिबाट केही सहयोग प्राप्त हुन सक्ला । विदेश वा बाहिरी काममा मन डुल्न सक्ला ।

मकर

राज्यपक्षबाट असहयोग वातावरण बन्ला । व्यापार व्यवसायमा नोक्सानीको सहनुपर्ला । घरपरिवार वा आफन्तसँगै विवाद पर्न सक्ला ।

कुम्भ

स्वास्थ्य स्थितिको विशेष ख्याल गर्नुपर्ला । अधिक परिश्रमका बाबजुद न्यून उपलब्धिमा मन बुझाउनुपर्ला । विवादजन्य विषयमा प्रवेश नगर्नु नै उचित होला ।

मीन

थालेको कार्यले सफलताको मार्ग पक्रिएलान् । मनमा हर्ष, खुशी तथा आनन्दानुभूति होला । पारिवारिक भ्रमणको अवसर जुट्न सक्ला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !