९ आश्विन २०८१, बुधबार

२०८१ साल असोज ९ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज ९ गते बुधबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आरोग्यतामा थप वृद्धि आउला । आर्थिक कारोबारमा फाइदा होला । मनमा प्रसन्नताको बहार छाउला ।

वृष

लेनदेनमा नोक्सानी व्यहोर्नुपर्ला । आँखामा कष्ट वा कुनै समस्या देखापर्ला । मनमा असन्तोषको ज्वारभाटा उठ्ला ।

मिथुन

सामाजिक इज्जत प्रतिष्ठामा थप वृद्धि आउला । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउला । पारिवारिक साथ सहयोग राम्रो प्राप्त होला ।

कर्कट

विश्वास पात्रबाटै घातप्रतिघात होला । नसोचेको ठाउँमा अनावश्यक खर्च बढ्ने उच्च सम्भावना रहला । मान प्रतिष्ठामा केही खलल आउला ।

सिंह

आफन्तनजसँग रमाइलो भेटघाटको अवसर जुट्ला । कुनै सुखद समाचार सुन्न पाइएला । अनायासै आर्थिक लाभ होला ।

कन्या

स्वास्थ्यले राम्रो साथ देला । सोचेका कार्यलाई भने साकार रुप दिन कठिनाइ होला । अनपेक्षित व्यक्ति सहयोग गर्न तयार होला ।

तुला

राज्यपक्षबाट असहयोगको वातावरण बन्ला । व्यापार व्यवसायमा असन्तुलनता देखापर्ला । स्वजनसँगै वैचारिक मनमुटावको परिस्थिति सिर्जना होला ।

वृश्चिक

अनायासै स्वास्थ्य स्थितिमा नकारात्मक परिवर्तन देखापर्ला । मतभेदजन्य विषयमा प्रवेश नगरेको नै उचित होला । सवारी साधन तथा हातहतियार चलाउँदा विशेष ख्याल गर्नुपर्ला ।

धनु

थालेका कार्य सफलताको मार्गमा अघि बढ्लान् । मनमा शान्ति मुहारमा कान्ति छाउला । सामूहिक सहकार्यबाट अपेक्षित फाइदा होला ।

मकर

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला । उपहार, वस्त्र वा धनलाभ होला । यत्रतत्र यश कीर्ति फैलिएला ।

कुम्भ

घरबाहिरको बसाइका क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ला । कुनै अशुभ समाचार सुन्नुपर्ला । मनमा अशान्तिले डेरा जमाउला ।

मीन

मन प्राय: अस्थिर रहला । प्रतिकूल स्वास्थ्यस्थितिको सामाना गर्नुपर्ला । हर कार्यमा विघ्न, बाधा, अवरोध खडा होलान् ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !