८ आश्विन २०८१, मंगलबार

२०८१ साल असोज ८ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज ८ गते मंगलबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

अरुका विषयमा अनावश्यक चासो राख्दा आफू नै समस्यामा फसिएला । आर्थिक संकटको सामाना गर्नुपर्ला । आँखामा कष्ट वा कुनै समस्या देखापर्ला ।

वृष

लामो समयदेखि टाढिएका आफन्तजनसँग पुनर्मिलनको योग बन्ला । कुनै रचनात्मक कार्यको प्रारम्भ हुनसक्छ । नयाँ ज्ञान वा सीप सिक्ने मौका मिल्ला ।

मिथुन

व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति बन्न सक्छ । आउने आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ला । आफन्तबाटै घातप्रतिघात हुनसक्ला ।

कर्कट

आय आर्जनका नयाँ बाटाहरु भेटिन सक्लान् । प्रियजन आफन्तजनसँग भेटघाटको अवसर जुट्ला । कुनै शुभ समाचार सुन्न पाइएला ।

सिंह

पहिलेका कार्यले हौसला थपिएला ।कार्य सम्पादनमा भने मिहिनेत बढाउनुपर्ने स्थिति बन्नसक्छ । स्वास्थ्यस्थिति अनुकूल रहला ।

कन्या

आशा देखाउनेहरुले नै निराश बनाउन सक्लान् । पूर्व सम्झौता तोडिने परिस्थिति बन्न सक्छ । व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ला ।

तुला

अपेक्षाभन्दा न्यून उपलब्धिमै पनि चित्त बुझाउनुपर्ने हुनसक्छ । पूरा हुनै लागेको कार्य पुनः दोहोर्‍याएर गर्नुपर्ला । अनायासै स्वास्थ्यस्थितिमा प्रतिकूलता देखापर्ला ।

वृश्चिक

अतिथिका रुपमा स्वागत सत्कार प्राप्त होला । घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा सहभागी भइएला । मानसिक शान्ति महसुस होला ।

धनु

कुनै दीर्घकालीन फाइदा दिने कार्यको प्रारम्भ होला । परिश्रमले लक्षित नतिजा नजिक पुर्‍याउला । यत्रतत्र यश कीर्ति फैलिएला ।

मकर

बौद्धिक क्षेत्र फराकिलो बन्दै जाला ।नयाँ कार्य प्रारम्भका लागि भने प्रतीक्षारत रहनु श्रेयस्कर होला । चिठ्ठा , शेयर जस्ता क्षेत्रमा गरेको लगानीले भने अपेक्षित प्रतिफल दिन कठिनाइ रहला ।

कुम्भ

अप्ठ्यारो परिस्थितिमा साथ दिने आफन्तको अभाव खड्किएला । परिश्रमको उचित प्रतिफल प्राप्तिमा कठिनाइ होला । परिस्थिति प्रतिकूल रहला ।

मीन

उद्योग व्यापारबाट मनग्य फाइदा हुने होला । मनमा प्रसन्नताको बहार छाउला । थालेका कार्यले सार्थक र उचित गति लिन सफल होलान् ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !