४ आश्विन २०८१, शुक्रबार

२०८१ साल असोज ४ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज ४ गते शुक्रबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाट होला । कुनै सभा समारोहमा सहभागी हुने अवसर जुट्ला । नयाँ ज्ञान सीप अनुभव लिन पाइएला ।

वृष

आत्मसम्मान तथा आत्मविश्वासमा कमी आउन सक्छ । स्वजनबाटै प्रतिपक्षीको भूमिका खेलिने उच्च सम्भावना रहला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउला ।

मिथुन

शुभ समाचारको आगमनले मन प्रफुल्ल होला । आर्थिक कारोबारमा अपेक्षित लाभको होला । ठीक समयमा उचित निर्णय लिइएला ।

कर्कट

विपरीत लिङ्गी मित्रबाट राम्रो साथ, सहयोग पाइएला । नयाँ रोजगारी आय आर्जनका बाटा भेटिएलान् । बाह्य कामबाट फाइदा होला ।

सिंह

धेरै लामो समयदेखि स्थगित कार्य पुनः सुचारू होलान् । नयाँ कार्ययोजना तय हुनसक्ला । सामाजिक उत्तरदायित्व बढ्ला ।

कन्या

मानसिक तथा शारीरिक अल्छीपन बढ्ला । बन्नै लागेका कार्य अन्तिममा गएर बिग्रिन सक्छ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला ।

तुला

साहित्य सङ्गीत तथा कलामा रुचि बढ्ला । आशा गरेको व्यक्ति वा स्थानबाट राम्रो सहयोग प्राप्त होला । घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुनसक्ला ।

वृश्चिक

विशिष्ट व्यक्तिको आतिथ्यता प्राप्त होला । घरमा नवीन रौनकता छाउला । गरेका काममा आत्मसन्तुष्टि महसुस होला ।

धनु

शेयर चिठ्ठा जस्ता क्षेत्रमा गरेको लगानीले अपेक्षाकृत् प्रतिफल नदेला । मनमा अशान्तिको कालो बादल मडारिन सक्छ । नयाँ कार्य प्रारम्भका लागि प्रतीक्षा गर्नु उचित होला ।

मकर

वादविवादको दलदलमा फसिने उच्च सम्भावना रहला । अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ला । परिश्रमको सही मूल्याङ्कन नहोला ।

कुम्भ

धार्मिक तथा सामाजिक कार्यमा मन जाला । गरेका कार्यको उचित प्रतिफल प्राप्त होला । उद्योगधन्दाले पनि मुनाफा भित्र्याउलान् ।

मीन

वाणीको माध्यमबाट फाइदा लिन सकिएला । शुभ कर्मको चर्चा चल्ला । कहीँकतैबाट मान सम्मान प्राप्त होला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !