३ आश्विन २०८१, बिहीबार

२०८१ साल असोज २ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज २ गते बुधबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मानसम्मान, सामाजिक प्रतिष्ठामा केही खलबल आउने उच्च सम्भावना रहला । खर्चका बाटाहरु लम्बिएर जालान् । विश्वासपात्रबाटै घातप्रतिघात हुन सक्छ ।

वृष

अनायासै आर्थिक तथा जमिन लाभ हुनसक्छ । आफन्तजन, इष्टमित्रसँग रमाइलो भेटघाटको अवसर जुट्ला । मन प्रसन्न हुने कुनै समाचार सुन्न पाइएला ।

मिथुन

स्वास्थ्य स्थिति अनुकूल नै रहला यद्यपि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुनसक्छ । विपरीत लिङ्गी साथी आफन्तबाट भने सहयोग पाइएला ।

कर्कट

राज्यपक्षबाट असहयोगको वातावरण बन्ने उच्च सम्भावना देखिन्छ । वादविवादबाट टाढै रहेको श्रेयस्कर होला । व्यापार व्यवसायमा असन्तुलनताको सामाना गर्नुपर्ला ।

सिंह

स्वास्थ्य अवस्थामा अनायास नकारात्मक परिवर्तन देखापर्ला । वैचारिक मनभेदले चिन्ता बढाउला । अन्तिम अवस्थामा पुगेर पनि काम बिग्रिएला ।

कन्या

थालेका कार्यले सफलताको मार्ग पक्रिएलान् । मनमा शान्ति तथा मुहारमा कान्ति छाउला । कला साहित्यमा रुचि बढ्ला ।

तुला

विरोधी तत्त्वको लजास्पद हार होला ।यत्रतत्र यश, कीर्ति फैलिएला । घरमा नवीन चहलपहल छाउला ।

वृश्चिक

यात्रा भ्रमणको क्रममा अनेकौं विघ्नबाधा सहनुपर्ला । मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने हुनसक्छ । आफन्तको भने साथ पाइएला ।

धनु

स्वजनसँगै झैझगडा वा द्वन्द्वको स्थिति बन्न सक्छ । मन प्राय: अस्थिर र अन्यौलग्रस्त होला । स्वास्थ्यस्थितिमा पनि समस्या देखिएला ।

मकर

मनमा प्रसन्नताको सुखद् बहार छाउला । आरोग्यतामा थप वृद्धि आउला । आर्थिक कारोबारमा लाभ होला ।

कुम्भ

बोलीको प्रभाव बढ्ला यद्यपि आर्थिक संकटको सामाना गर्नुपर्ला । असन्तोषरुपि अनल ज्वालामा चित्त प्रज्वलित होला ।

मीन

पारिवारिक साथ सहयोग राम्रो प्राप्त होला । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल देला । सामाजिक स्थानमा नयाँ ईटा थपिएला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !

यस सम्वन्धी भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !