३ आश्विन २०८१, बिहीबार

२०८१ साल भदौ २८ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ २८ गते शुक्रबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आश्वासन दिनेहरुबाटै घातप्रतिघात होला । पूर्व सम्झौता तोडिने प्रबल सम्भावना रहला । सामाजिक उत्तरदायित्व भने बढ्ला ।

वृष

न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । एउटै कामलाई पुन: दोहोर्‍याएर गर्नुपर्ला । अनावश्यक वादविवादको दलदलमा फसिने प्रबल सम्भावना रहला ।

मिथुन

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत होला । अतिथिका रुपमा स्वागत सत्कार प्राप्त होला । आशा गरेको ठाउँबाट अपेक्षाकृत साथ सहयोग पाइएला ।

कर्कट

परिश्रम अनुसारको नतिजा प्राप्त हुने होला । कुनै दीर्घकालीन फाइदाको कार्य प्रारम्भ होला । शत्रु तथा विरोधी पक्षले हार खालान् ।

सिंह

शेयर, चिठ्ठा जस्ता क्षेत्रमा गरेको लगानीले आशातीत प्रतिफल नदेला । नयाँ कार्य प्रारम्भका लागि प्रतीक्षारत रहनु नै श्रेयस्कर होला । बौद्धिक क्षेत्र भने फराकिलो हुँदै जाला ।

कन्या

परिस्थिति प्रायः प्रतिकूल रहला । अप्ठ्यारो स्थितिमा साथ दिने आफन्तको अभाव महसुस होला । अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ला ।

तुला

उद्योग, व्यापार , व्यवसायबाट यथोचित फाइदा होला । गरेको कार्यको उचित प्रतिफल प्राप्त होला । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्ला ।

वृश्चिक

अरुका विषयमा अनावश्यक चासो राख्दा आफू नै समस्यामा फसिने उच्च सम्भावना रहला । आर्थिक संकटको सामाना गर्नुपर्ला । मनमा असन्तुष्टिको आँधीबेहरी चल्ला ।

धनु

कुनै रचनात्मक कार्यको प्रारम्भ होला । लामो समयदेखि विछोडिएका आफन्तसँग पुनर्मिलनको शुभ योग रहला । नयाँ ज्ञान सिप सिक्ने अवसर जुट्ला ।

मकर

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउला । आर्थिक लाभ नहुने कार्यको समेत जिम्मेवारी लिनुपर्ने हुनसक्छ । सामाजिक मानसम्मानमा समेत केही आँच आउने सम्भावना रहला ।

कुम्भ

आम्दानी बढेसँगै मनमा उत्साह जाग्ला । सही समयमा उचित निर्णय लिन सक्षम भइएला । आफन्त प्रियजनसँग रमाइलो भेटवार्ताको मौका मिल्ला ।

मीन

नयाँ काम वा रोजगारीको प्रस्ताव आउला । पहिलेको कार्य सफलताले हौसला बढ्ला । स्वास्थ्यस्थिति प्राय: अनुकूल रहला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !

यस सम्वन्धी भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !