३ आश्विन २०८१, बिहीबार

२०८१ साल भदौ २४ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ २४ गते सोमबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

वादविवाद तथा झैझगडाका विषयमा प्रवेश नगरेको नै श्रेयस्कर होला । अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन देखापर्न सक्छ । मानसिक आलस्यता तथा उदासिनता बढ्ला ।

वृष

गर्न खोजेका कार्यले उचित मार्ग र गति लिन सफल होलान् । मनमा शान्ति र मुहारमा कान्ति छाउला । घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय बित्ला ।

मिथुन

विरोधी तत्त्वहरुको हार हुँदै जाला । अर्थ, वस्त्र, उपहार वा पुरस्कार प्राप्ति होला । यत्रतत्र यश, कीर्ति फैलिएला ।

कर्कट

कुनै अशुभ समाचारको प्राप्ति होला । मानसिक बेचैनीको स्थितिमा समय व्यतीत होला । यात्राका क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ला ।

सिंह

मन प्राय: अस्थिर रहला । हरेक कार्यमा कुनै न कुनै जटिलताको सामना गर्नुपर्ला । आफन्तजनसँगै वैचारिक दुरी बढ्ला ।

कन्या

आर्थिक कारोबारमा अपेक्षाकृत् लाभ प्राप्ति होला । मनमा प्रसन्नताको सुखद बहार छाउला । कार्यसिद्धिको सार्थक योग रहला ।

तुला

आँखामा कुनै समस्या देखापर्ला । आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनु बुद्धिमानी होला । मनमा असन्तोषरुपी अनल ज्वाला प्रज्वलित होला ।

वृश्चिक

सामाजिक स्थानमा नवीन उचाइ थपिएला । नयाँ कार्यक्षेत्रमा गरिएको लगानीले थप फाइदा भित्र्याउला । पारिवारिक साथ सहयोग हौसला प्राप्त होला ।

धनु

नसोचेको ठाउँमा अनावश्यक धन नाश होला । आफन्तबाटै प्रतिपक्षीको भूमिका खेलिने उच्च सम्भावना रहला । लगनशीलतामा केही कमी आउला ।

मकर

आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ला । अनायासै आर्थिक तथा जमिन लाभ होला । मनमा प्रसन्नता छाउने कुनै समाचार सुन्न पाइएला ।

कुम्भ

थालेका कार्यलाई अपेक्षाकृत् रुपमा अघि बढाउन निकै कठिनाइ होला । स्वास्थ्यस्थिति भने प्राय अनुकूल रहला । विपरीत लिङ्गी साथीको साथ पाइएला ।

मीन

आशा गरेकै स्थान वा व्यक्तिबाटै असहयोगको वातावरण सिर्जना होला । व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्ला । स्वास्थ्यमा पनि कुनै न कुनै समस्या देखिएला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !